धरान : मोरङको बेलबारी-११ स्थित पूर्व पश्चिम  राजमार्गमा मोटरसाइकल दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । 

आज दिउँसो सवा १२ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को २० प ७७५२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ बेलबारी-१० का ३१ वर्षीय कुसुमलाल धिमाल र मोटरसाईलकमा सवार मोरङ पथरीशनिश्चचरे -६ का २८ वर्षीय रमेश धिमाल घाइते भएका थिए ।

दुर्घटनाबाट घाइते भएका उनीहरूको उपचारको लागी नोबेल अस्पताल विराटनगर लगिएकोमा कुसुमलालको चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको छ ।