इटहरी : सुनसरी जिल्ला भलिबल सङ्घको अध्यक्षमा विक्रमबाबु थापा चयन भएका छन् । लामो समयदेखि भलिबल खेलको विकाशमा लागेका उनी आइतबार सुनसरी जिल्ला अध्यक्षको नेतृत्वमा पुगेका हुन् ।
आइतबार सम्पन्न ५ औँ अधिवेशनले सर्वसम्मत रूपमा थापाको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको छ । थापा नेतृत्वको कार्यसमितिको उपाध्यक्षमा दिलीप श्रेष्ठ र ढुण्डिराज गुरागाईँ चयन भएका छन् । महासचिव माधव सापकोटा र कोषाध्यक्षमा लोकेन्द्र कार्की निर्विरोध भएका हुन् । 
यसअघि प्रदेश सदस्य भएका उनी पूर्व जिल्ला सदस्य समेत हुन् । सुनसरीलाई भलिबलमय बनाउने काममा आफू लागिपर्ने उनले बताए । सुनसरी प्रदेश १ कै केन्द्रमा पर्ने भएकाले भलिबल खेललाई व्यवसायीक बनाइने उनले उद्घोष गरेका छन् ।  
केन्द्रीय प्रतिनिधि विश्व धिमाल र मदन खड्का साथै प्रदेश प्रतिनिधि लेखनाथ पराजुली लगायतको रोहबरमा थापा अध्यक्ष चयन भएका हुन् ।