धरान : अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७ दिने योग शिविर सञ्चालन हुने भएको छ । 'तनाव व्यवस्थापनका लागि योग' भन्ने उद्देश्यले उक्त शिविर प्रतिष्ठानको योगा खण्ड लाइफस्टाइल क्लिनिक, बेसिक खण्ड क्लिनिकल फिजियोलोजी विभागले प्रतिष्ठानका शिक्षक, चिकित्सक, कर्मचारी, विद्यार्थी र तिनका परिवारका लागि शिविर आयोजना गर्न लागेको विभागका विभागीय प्रमुख प्रा.डा.दिलीप ठाकुरले जानकारी दिए । 
प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले २०७९ आषाढ ७ गते मङ्गलवार बिहान ५ः३० बजे प्रतिष्ठानको अतिथि गृहको प्राङ्गणमा शिविरको उद्घाटन  गर्ने प्रतिष्ठानले जानकारी दिएको छ । उक्त शिविर २०७९ आषाढ ७ गते  देखि आषाढ १३ गते बिहान ६ बजे देखि ७ बजे सम्म सोही स्थानमा सञ्चालन हुने तथा  कार्यक्रममा सहभागिताका लागि २०७९ आषाढ ६ गते सम्ममा निःशुल्क दर्ता गर्नु पर्ने  प्रतिष्ठानले जानकारी दिएको छ । 
शिविरमा योगा खण्ड लाइफस्टाइल क्लिनिकका योग प्रशिक्षक श्री नवीन काफ्लेले प्रशिक्षण दिनेछन् ।