चतरा : वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ९४ करोड २ लाखको बजेट ल्याएको छ । वराहक्षेत्र नगरपालिकाको दशौँ नगर सभामा उपप्रमुख नन्दकुमारी सुनुवारले आगामी वर्षको बजेट प्रस्ताव गरेकी हुन् ।
कुल बजेट मध्ये चालु खर्चमा ५० करोड ४५ लाख छ भने पुँजीगत तर्फमा ४३ करोड ५७ हजार बजेट विनियोजन गरेको छ । बजेट पेस गर्दा उपप्रमुख सुनुवारले विषयगत सिलिङ मात्र सभामा पेस गरेकी छन् ।
सभामा वराहक्षेत्र ११ वटै वडामा १ करोडको दरले वडास्तरीय योजनामा बजेट छुट्टाएको छ । एक करोड मध्ये ३५ लाख कुनै ठोस योजनामा छुट्टाउनु पर्ने सर्त सभामा पेस गरिएको छ ।