इटहरी : असार ४ गते इटहरीमा एक महिलाले आत्महत्या गरिन् । इटहरीको पूर्व लाइनको एक गल्लीमा पिके कलेक्सन सञ्चालककी श्रीमती आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । घरैमा जुत्ता चप्पलको होलसेल व्यवसाय सञ्चालन गर्दै आएकी उनले साँझको समयमा आत्महत्या गरेको प्रहरीले पुष्टि गरेको छ । 
उनको शरीरले भुईँ छोएको भन्दै केहीले हत्याको आशङ्का गरे पनि अझैसम्म पोस्टमार्टम रिपोर्ट नआएसम्म केही भन्न नसकिने प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काका अनुसार आत्महत्या वा हत्या भन्ने बारे रिपोर्ट आएपछि मात्र भन्न सकिने भएको छ । 
अनुसन्धान भइरहेकोले मृतकका भाइ आफै घटनास्थलमा भएकाले अन्य कुनै कारणले आत्महत्या भएको हुनसक्ने आशङ्कामा अनुसन्धान भइरहेको उनले प्रष्ट पारे । श्रीमान् श्रीमती बिच सामान्य विवाद रहेको बुझिएको तर त्यही कारणले हो की हैन भन्ने चाहिँ प्रष्ट नभएको उनको भनाई छ । 
पछिल्लो समय फेसबुकमा भन्दा पनि टिकटक मार्फत उनले आफ्नो भावना सार्वजनिक गर्दै आएको देखिन्छ । आत्महत्या अगाडी उनले एकै दिन दुई वटा फोटो सहितको टिकटक पोस्ट गरेकी छिन् । पहिलो पोष्टमा ‘सुसाईड ! सुसाईड भन्ने कुरा मेरो दिमागमा पनि धेरै नै पटक आएको थियो । दिनकै मरेर बाच्नु भन्दा एकैचोटीमा मरेर हरेक दुख कष्ट र पिडाहरूबाट मुक्त हुन मलाई पनि मन थियो ।’ भन्ने शब्द सहितको टिकटक उनको आधिकारिक आइडीमा भेटिन्छ । 
जमुना खड्का ५५ नामको आइडीमा सोही दिन अर्को पोस्ट गरेकी छिन् । टिकटकको भाषालाई साईस वर्ड लेखेर ब्यानर राखेकी छिन् । ‘सिउँदोमा सिन्दूर भरेर मात्र के गर्नु जब यही सिन्दूरले सिउँदो भतभती पोल्छ भने, विवाह गरेर मात्र के गर्नु त्यही सम्बन्धले नै मृत्युको बाटो खोज्छ भने ।’ भन्ने टिकटक देखिन्छ । पछिल्ला टिकटकले उनी पारिवारिक तनावमा रहेको देखीनछ । त्यसको दुई दिन अगाडी मात्रै श्रीमान् सहितको फोटो राखेर आफूहरू एकै भएर हिँड्नुपर्ने आग्रह सहितको पोस्ट देखिन्छ । 
घटना पछि उनीका साथी तथा आफन्तले घटनाबारे अनुसन्धान हुनुपर्ने माग राखेका छन् । विभिन्न समाजीक सञ्जाल मार्फत पारिवारिक तनावको कारण आत्महत्या गर्न बाध्य पारिएको उनीहरूको आरोप  छ । जमुनाको शव पोस्टमार्टम पछि दाहसंस्कार गर्न लैजाने क्रममा समेत घटनाको छानबिन हुनुपर्ने माग सहित नाराबाजी भएको थियो ।