रश्मि प्रधान
धरान : पातञ्जल योग समिति सुनसरीले मानवताका लागि योग गरौँ , निरोगी रहौँ भन्ने मूल नाराका साथ ८ औ अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ ।
मङ्गलबार घण्टाघर भानुचोक देखि र्याली सुरु भई छाता चोक लक्ष्मीचोक हुँदै भगवती आधारभूत विद्यालय धरान १६ मा पुगेर सभामा परिणत भएको थियो । सभाको प्रमुख आतिथ्यता धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र विक्रम बेघा रहेका थिए । पातञ्जल योग सुनसरीका हेम चन्द्र राईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पतान्जल योग समितिका केन्द्रीय सदस्य जिपि तिवारी ,योग गुरु श्याम पौडेल साथै धरान १६ का वडाध्यक्ष मुरारी भट्टराई ,धरान १ का वडाध्यक्ष यज्ञमणि आचार्य ,स्वास्थ्यका लागी पदयात्राकाका अभियन्ता राजीव हलवाईका साथै विभिन्न सघसस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । प्रमुख अतिथि उपप्रमुख बेघाले टुकीमा बत्ती बालेर र ओमकार ध्वनि उच्चारण गर्दै कार्यक्रम को उद्घाटन गरेका थिए । साथै लाफ्टर क्लब नेपालको प्रत्येक दिन ६ बजे हाँसौ भन्दै हाँस्दै कार्यक्रमको उद्घाटन उपप्रमुख बेघाले गरे ।
यसैविच सुनिल नेपालको अध्यक्षतामा पातञ्जल योग धरान नगर समिति गठन भएको छ । १३ सदस्यीय नगर कार्यसमितिको उपाध्यक्षमा विजय अछामी सचिवमा अनिता रेग्मी , सहसचिवमा सुदर्शन श्रेष्ठ ,कोषाध्यक्षमा लक्ष्मण प्रसाईँ, सदस्यहरूमा अच्युत पराजुली , रिमा थापामगर, निता विश्वकर्मा, अर्जुन कुमार थारु रहेका छन् भने पातञ्जल योग समिति धरान नगरको कार्यालय उद्घाटन समेत भएको छ । प्रमुख अतिथि बेघाले आफू योग ,ध्यान सँग जेल जीवन बिताउँदा देखि नै परिचित रहेको र जेल जीवन बिताउँदा योग गुरु डा बिकासनन्दको प्रत्यक्ष योग कक्षा लिएको बताउँदै सहरी जिवानयापनका लागि योग अत्यन्त लभदायक रहेको बताए । अन्तर्राष्ट्रिय योग दिवसमा योगका विभिन्न आसन गर्दै र लाफिङ योग गर्दै समापन भएको थियो ।