धरान : नेपाली काँग्रेस धरान वडा नं. १५ कार्य समितिले वडा कार्यालयमा विकाश योजनाहरूको सूचि बुझाएको छ । 
धरान-१५ का वडाध्यक्ष नरेश इवरामलाई ३२ बुँदाको सूचि बुझाएको बुथ सभापति डम्बर गुरुङले जानकारी दिए । 
आर्थिक वर्ष २०७९/८० को बजेटको तयारी हुँदै गर्दै जनप्रतिनिधिलाई वडाको विकाशमा झकझक्याउने उद्देश्यले योजनाहरूको सूचि बुझाएको बुथ सचिव राज कुमार श्रेष्ठले जानकारी दिए ।
सूचिमा निर्माणाधीन बाटो पुरा गर्न, नयाँ बाटोमा मर्मत कार्य, ड्रेन निर्माण, स्कुलमा खानेपानी ट्याङ्की निर्माण, सेउती खोलामा तटबन्ध लगायतका कार्यहरू समेटिएको सचिव श्रेष्ठले जानकारी दिए ।
योजनाहरूको सुची बुझ्दै वडाध्यक्ष इवरामले सकेसम्म सबै योजना कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले विकाश कार्य सबै दलको सहकार्य जरुरी रहेको समेत बताए । 
dharan-15-suchi