झापा : पत्रकार मञ्चको सभाहलमा दमक-७ निवासी ५२ वर्षीय रेणु सन्तराजको परिवारले  उपचार सहयोगको याचनासहित दाताहरू समक्ष अनुरोध गरेका छन् ।
२ वर्षअघिदेखि दुवै मिर्गौला खराब भई विराटनगर स्थित नोबेल मेडिकल कलेजमा उपचार गराइरहेकी सन्तराजको परिवारले सहयोग गरिदिनुहुन अनुरोध गर्दै पत्रकार सम्मेलन गरेका हुन् ।
विगत ४० वर्षदेखि दमकमा ढुङ्गाको जातो, सिलौटालगायत घरायसी सामग्री कुँदेर जीविकोपार्जन गर्दै आएकी सन्तराजको उपचारका क्रममा जायजेथासमेत सकिएको उनका छोरा मुकेश सन्तराजले जानकारी दिए ।
उनलाई सहयोग गर्न इच्छुकले मुकेश सन्तराजको नाममा प्राइम कमर्सियल बैंक दमक शाखामा रहेको खाता नम्बर 03501810CA मा सहयोग रकम जम्मा गरिदिन अनुरोध गरिएको छ ।