इटहरी : विश्व बजारमा नम्बर एक मानिएको मोबाइल चार्जीङ ब्राण्ड एङ्गकर नेपाली बजारमा आक्रामक बन्दै गएको छ । नेपालको पूर्वी बजारलाई प्राथमिकतामा राखेको एङ्गकरले छोटो समयमै बजारमा बलियो उपस्थिति देखाउन थालेको हो । 
पूर्वी बजारमा आफ्नो व्यापारलाई बिस्तार गरी आक्रामक बनाएको छ । ब्रान्डेड मोबाइल एसेसरिजको प्रयोगकर्ता बढेसँगै एंकरले नेपालमा आफ्नो बजार पकड बढाएको हो । नेपालमा सेल्लुसिटि इन्टरनेशनल प्रा.ली मार्फत एङ्गकरले बजार विस्तार गरिरहेको छ ।
मोबाइलमा चार्जर, हेडफोन, एयर वड, स्पिकर, पावर बक्स, डाटा केबल, पावर बैङ्क, वायरलेस पावर बैक, देखी टिभीको रिमोट ब्याट्री सम्म एङ्गकरले उपलब्ध गराउँदै आएको छ । गुणस्तरीयता र विक्रीमा अब्बल देखिएको एङ्गकर लोकप्रिय ब्राण्डको रूपमा स्थापित भएको छ ।  
एङ्गकर नेपालका नेशनल सेल्स म्यानेजर भूषण कनौजियाका अनुसार बजारमा आइफोन लगायत उच्च मूल्यका स्मार्टफोन प्रयोग बढेसँगै ब्रान्डेड एसेसरिजको माग पनि उच्च भएको छ । एङ्गकर विश्वसनीय र भरपर्दो ब्राण्ड भएकाले प्रयोगकर्ताको रुचिमा पर्न सफल भएको उनले बताए । 
आइफोनका ग्राहकले सबैभन्दा धेरै रुचाउने भएकाले विक्रीमा बढोत्तरी आएको इटहरी सेन्ट्रल प्लाजामा रहेको इ-मार्टका सञ्चालक सुमित अधिकारी बताउँछन् । १८ महिनासम्म वारेन्टी भएकाले विक्रेतालाई पनि ढुक्कले बेच्न सक्ने अवस्था सृजना भएको उनको भनाई छ ।
anker-brand