धरान : आज देखि ५ वर्ष देखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देखि सुरु भएको खोप कार्यक्रममा बालबालिकाहरूलाई विद्यालयमै लगाउन पाउने गरी खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ । बालबालिकाहरूलाई फाईजर बायो एनटेक खोप लगाइने छ । २७ जिल्लाका बालबालिकाहरूलाई असार १५ सम्ममा पहिलो डोज र साउन २ देखि ८ गते सम्म दोस्रो डोज खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यसै गरी ५० जिल्लामा भदौ ५ देखि ११ गते सम्म पहिलो र भदौ २७ गते देखि असोज १ गते सम्म दोस्रो डोज खोप लगाइने छ ।

सरकारले प्रत्येक खोप केन्द्रमा एक तालिम प्राप्त स्वास्थ्यकर्मी राख्ने र खोप लगाएका बालबालिकामा केही असर देखिएमा उपचारको व्यवस्था गर्ने पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

धरानमा असार १० देखि १६ सम्म खोप कार्यक्रम चल्ने : 

देशभर आज देखि ५ वर्ष देखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने अभियान सञ्चालन भए पनि धरानमा भने असार १० गते देखि १६ गते सम्म सञ्चालन हुने बताइएको छ । 

धरानमा पनि बालबालिकाहरूलाई विद्यालय विद्यालयमै पुगेर खोप लगाइने तयारी भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिए । 

धरानको खोप तालिका :

10

12345678911

देशभरीको खोप तालिका :

Fizer-vaction-Talika