धरान : मोरङको विराटनगर महानगरपालिका–१२ बखरीमा करेन्ट लागेर स्थानिय ३३ वर्षीय सुनिता चौधरी माझी को मृत्यु भएको छ । 

बुधवार दिउँसो २ बजे को १ ह ३०३ नम्बरको  सिटी सफारी चार्ज गर्ने क्रममा अचानक करेन्ट लागी घाइते भएकी माझीलाई तत्काल उपचारको लागी कोसी अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।