धरान : सुनसरीको दुहबी–३ स्थित इनरुवा-दुहबी सडक खण्डमा टिपरको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ ।

आज बिहान ९ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख २१०१ नम्बरको टिपरले साईकल यात्री भारत बिहार सिपोल घर भई दुहबी–२ मा डेरा गरी बस्दै आएकी  ६० बर्षीया चन्द्रकला देबी बिश्वकर्मालाई ठक्कर दिंदा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले बताएको छ ।

ईलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी टोली खटीगई ट्रिपर चालक  मोरङ बेलबारी– ८ का ३२ बर्षीय उमेश सार्कीलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।