धरान : धरान उपमहानगरपालिकाको विनियोजन विधेयकमा सामाजिक विकास समितिको बजेट र उपमेयर कोषको विवाद नटुङ्गिँदै शुक्रवार नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।

सुनसरी उद्योग वाणिज्य सङ्घको हलमा दिउँसो १ बजे हुने भनिएको नगरसभा करिब ३ बजे मात्रै सुरु भएको थियो । नगरसभामा धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्रविक्रम बेघाले नीति तथा कार्यक्रम र धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गरेका थिए । 

Nagar-sava-1विहिबार बसेको कार्यपालिका बैठकमा विनियोजन विधेयकमा सामाजिक विकास समितिको बजेट र उपमेयर कोषको विषयमा निर्णय भइनसकेकोले शुक्रवारको ११ औँ नगरसभाले नीति तथा कार्यक्रम मात्रै पारित गरेको छ भने १ अर्ब ६८ करोड ५८ लाख २३ हजार आर्थिक वर्ष २०७९/०८० को बजेट नगरसभामा प्रस्तुत गरिएको छ ।

Aindra-Beghaत्यसको लगत्तै नगरसभाका प्रमुख अतिथि प्रदेश १ का सभामुख प्रदीप कुमार भण्डारीले मन्तव्य राखिसकेपछि नगरसभामा केही सदस्यहरूले सुझाव दिनुका साथै धरानको समसामयिक विषयमा आफ्नो भनाई राखेका थिए । त्यस पछि मेयर हर्क साम्पाङले अर्को नगरसभा असार २३ गते बिहीबार दिउसो १ बजे पुनः हुने गरी स्थगित भएको घोषणा गरेका थिए । 

Nagar-sava-2cover2 13 14 15 16 18 19 1