रश्मि प्रधान  

 धरान : धरानको मितेरी फुटसलले वि क्याटेगोरी मितेरी फुटसल टुर्नामेन्ट २०७९  आयोजना गर्ने भएको छ । 

धरानमा पत्रकार सम्मेलन मार्फत  असार १४, १५ र १६ गते धरान ११ स्थित मितेरी फुटसलमा बि क्याटेगरी फुटसल टुर्नामेनट हुने जानकारी दिएको हो । उक्त टुर्नामेन्टमा प्रदेश नम्बर १ भरिबाट ३० वटा टिमको सहभागिता हुनेछ ।

उक्त टुर्नामेन्टमा क्याटागेरी नछुटाई सबैलाई एउटै प्रतियोगितामा समावेश गर्दा फुटसल प्रतियोगितामाउत्कृष्ट र तालिम प्राप्त खेलाडीहरुकोमात्र खेलको विकास हुने र नयाँ खेलाडीहरूको खेल प्रतिभा विकास नहुने भएकाले नवप्रतिभावान् खेलाडी खोजी गर्नका लागि  बि क्टागेरीको फुटसल गर्न लागेको  मितेरी फुटसल सञ्चालक  लोकेन्द्र राईले बताए ।  

प्रतियोगितामा   विजेताले ५० हजार नगद र उपविजेताले २५ हजार नगद  प्राप्त गर्ने छन्  भने व्यक्तिगत पुरस्कार तर्फ उत्कृष्ट गोलकिपर ,उत्कृष्ट खेलाडी र उत्कृष्ट नवउदयीमान खेलाडीले  नगद २५ सय र स्पोर्ट सुज प्राप्त गर्ने  मितेरी फुटसलका सञ्चालक राईले बताए ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल नारालाई सार्थक तुल्याउने प्रयास गद वि क्याटेगोरी मितेरी फुटसल टुर्नामेन्ट २०७९ आयोजना गरिने भएको हो । टुर्नामेन्टबाट बचेको केही रकम केही भाग धरानको विकास निर्माण तथा समाजसेवाका लागि खर्च गर्ने यस स्पोर्ट्स सेन्टरको मुख्य उद्देश्य अन्तर्गत राईले ट्राफिक मिर्रर भेडेटार देखि धरान १३ को पेट्रोल पम्प सम्म लगाउने भनिएता पनि सरकारी नियमले लगाउन नपाएकोमा दुख प्रकट गर्दै धरानका प्रत्येक चोक चोकमा १ सय वटा उक्त ट्राफिक मिर्रर (ट्राफिक ऐना ) लगाउने उद्घोष गरे । साथै आगामी दिनमा पनि समाजसेवा तथा धरानको विकासमा अघि बढदै जाने बताए ।