इनरुवा : नेपाली काँग्रेसका केन्द्रीय महामन्त्री एवम् प्रखर वक्ता माननीय गगनकुमार थापा सुनसरी आउने भएका छन् ।
नेपाली काँग्रेस सुनसरी जिल्ला कार्य समितिले असार १६ गते बिहीबार आयोजना गर्ने प्रशिक्षण तथा सम्मान कार्यक्रमका लागि महामन्त्री थापा सुनसरीको इनरुवा आउने जिल्ला पार्टी कार्यालयका कार्यालय सचिव कालूराम चौधरीले जानकारी दिए ।
बिहीबार महामन्त्री थापाको प्रमुख आतिथ्यतामा नेपाली काँग्रेस जिल्ला कार्य समिति सुनसरीले नेपाली काङ्ग्रेसबाट विजयी सुनसरीका जनप्रतिनिधिहरूलाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ विषयमा प्रशिक्षण तथा सम्मान कार्यक्रम आयोजना गरिएको जिल्ला उपसभापति पङ्कज महतोले  बताए ।
इनरुवा स्थित पार्टी कार्यालयमा आयोजना हुने कार्यक्रममा सुनसरी जिल्लाका पार्टीका वडा समिति, पालिका समिति, प्रदेश सभा समिति, क्षेत्रीय समिति एवम् भातृ तथा शुभेच्छुक समितिलाई सहभागीताका लागि आव्हान गरिएको छ।
inaruwa-program