धरान : धरानका नव निर्वाचित मेयर हर्क साम्पाङ खानेपानीको विज्ञ टोली सहित सप्तकोशी नदी पुगेका छन् । 

धरानको खानेपानी समस्या समाधान यहाँको भूमिगत पानी र स्थानिय जलाधार क्षेत्रले मात्रै सम्भव नहुने भन्दै सप्तकोसीबाट पानी ल्याउँदा मात्रै समाधान हुने मेयर साम्पाङले भन्दै आएका थिए ।

सोही अनुसार आज भारतको गर्भमेन्ट अफ इन्डिया अन्दटेकिङ (मिनिस्ट्रि अफ जलशक्ती) वापकोस लिमिटेड को प्रोजेक्ट कोअर्डिनेटर तथा टिम लिडर राजीव कुमार शर्मा, वरिष्ठ इन्जिनियर सत्यमन्द प्रकाश, सिवेर नेटवर्क डिजाइनर तथा एक्सपर्ट चेत परियार, प्रोग्राम कोअर्डिनेटर विनोद महर्जन, प्रकाश भक्त श्रेष्ठ र खानेपानी तथा ढल निकास व्यवस्थापन विभागका प्रोग्राम डाइरेक्टर बालमुकुन्द श्रेष्ठको लगायतको विज्ञ टोली र मेयर हर्क साम्पाङ, धरान खानेपानी बोर्डका निर्देशक इन्जिनियर राजु पोखरेल, नगर प्रहरी प्रमुख विष्णु कोइरालाको टिम सप्तकोशी नदीको चतरा नहर नजिकै पुगेर एरिया स्टडी गरिरहेको बताइएको छ ।

धरानको दीर्घकालीन खानेपानी समस्या समाधान हुने गरी पानी ल्याउन भइरहेको यो प्रयासको अनुगमनमा मेयर बाहेक धरानका अन्य निर्वाचित जनप्रतिनिधिहरूको भने सहभागिता रहेको छैन ।

सप्तकोसीबाट धरानमा खानेपानी ल्याउन के कस्तो प्रविधिले सम्भव हुन्छ ? कति लागत लाग्ने यसबारेमा यो अध्ययन पछि थाहा हुने बताइएको छ । 

Saptakoshima-myeor-2Saptakoshima-myeor-3