धरान : सिद्धि नेवा: परिषद् धरानले नि:शुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ।
मङ्गलवार परिषद्‌को भवनमा सम्पन्न शिविरमा ११७ जनाले आँखा जाँच गरेका थिए। नेपाल नेत्र ज्योति सङ्घ विराटनगर आँखा अस्पताल रानीका चिकित्सक टोलीले आँखा जाँच गरेका थिए ।
शिविरमा शल्यक्रियाका लागि छनौट भएका बिरामीहरूका लागि नि:शुल्क शल्यक्रिया गरिने व्यवस्था गरिएको परिषद्का अध्यक्ष गोकुल प्रसाद श्रेष्ठले बताए । परिषद्ले शिशिरमा विरामीकालागि सहुलियत दरमा चस्मा तथा औषधि समेत उपलब्ध गरिएको थियो। आँखा जाँच गरेका बिरामीहरूका लागि आवश्यक परामर्श गरिनुका साथै थप उपचार गर्न नसक्ने भए संस्थाले आवश्यक सहयोग गर्ने समेत योजना रहेको शिविर संयोजक मोहन श्रेष्ठले बताए। 
शिविरमा निवर्तमान अध्यक्ष सरला कायस्थ, उपाध्यक्ष मदनमान अमात्य, कोषाध्यक्ष भरत मोहन पलिखे, सचिव तारा प्रधान, सदस्य  तुलसी प्रसाद श्रेष्ठ,  उमेश श्रेष्ठ, ज्ञानु श्रेष्ठ, मन मोहन पलिखे, हरिकृष्ण श्रेष्ठ, शलुजा मास्के, निश्चल मोहन पलिखे लगायतको सहभागिता रहेको थियो।