धरान : झापाको कमल गाउँपालिका–४ चुलाचुली मोडमा ट्रकको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।  

गए राती सवा ११ बजे  पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको  ना ७ ख ८७३५ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१२ प १४५३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा घाइते भएका मोटरसाइकल चालक दमक नगरपालिका–९ का ३८ वर्षीय दीपक नेपालको उपचारको क्रममा दमक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।