धरान : धनकुटा र सुनसरीमा हिजो करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । विहिबार साढे १० बजे धनकुटा छथरजोरपाटी गाँउपालिका १ हातिखर्क मावि बुङका २९ बर्षीय लक्ष्मण लिम्बु छिमेकीको घरको बिजुली बनाउनको लागी बिजुलीको पोलमा चढ्दा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी विहिबार दिउसो सँवा १ बजे सुनसरी ईनरुवा नगरपालिका १ पुर्व टोलका ४४ बर्षीय कुलदेव सदाले आफ्नो घरको कोठामा रहेको सिलिङ पंखा जोड्ने क्रममा करेन्ट लागेर घाईते भएका थिए।  उनको उपचारको क्रममा साढे १ बजे जिल्ला अस्पताल ईनरुवामा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।