धरान: प्रदेश नं १ कै प्रसिद्ध 'खत्रीधारा शवदाह स्थल' जाने  १०८ मिटर आरसिसी ढलान सडक निर्माण कार्य सम्पन गरी आषाढ १८ गते शनिवार सार्बजानिक सुनुवाई कार्यक्रम मार्फत निर्माण समितिले जानकारी गराएको छ।
धरान वाड नं १५ र धरान वाड नं ४ जोड्ने सेउती पक्की पुल निर्माण भए पछि शवदाह स्थल जाने बाटो पूर्ण रूपमा बन्द रहेको थियो। शव दाहसंस्कार गर्नको लागि शवबाहन गाडी शवदाह स्थल सम्म जान नसके पछि समस्या भएको थियो। धरान उपमहानगरपालिका, वाड नं १५, झिगु समाज र खत्रीधारा शवदाह स्थल जाने सडक निर्माण उपभोक्ता समिति स्थानीयबासीहरुको सहकार्यमा आर सी सी ढलान गर्ने सहमति भए पछि  धरान उपमहानगरपालिकाका तत्कालीन मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारीले  २० लाख  बजेट विनियोजन गरिदिए पछि स्थानीय बाट  ३ लाख उठाएर जम्मा २३ लाख  लगानीमा १०८ मिटर आर सी सी ढलान सहितको सडक निर्माण भएको हो।
उक्त कार्यक्रममा खत्रीधारा शवदाह स्थल जाने सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष कैलाश राई को अध्यक्षतामा सार्बाजानिक सुनाई कार्यक्रमको प्रमुख अतिथि धरान उपमहानगरपालिका वाड नं १५ का वडा अध्यक्ष नरेश कुमार इवाराम अतिथिहरू धरान उपमहानगरपालिकाका योजना अधिकृत किरण भुजेल, इन्जिनियर इन्द्र बस्नेत नेपाली काँग्रेस वाड नं १५ का सभापति डम्बर गुरुङ, सृतीमार्ग टोल विकास समिति का अध्यक्ष डाकमान राई, नीराजन टोल विकास समितिका अध्यक्ष गजेन्द्र लम्जेल, झिगु समाजको अध्यक्ष सुरेन्द्रमान स्थापित, नेकपा एमाले वाड नं १५ का सदस्य शम्भु राई र स्थानीयबासीहरुको उपस्थिति रहेको थियो।
सार्बाजानिक सुनुवाइ कार्यक्रममा बोल्दै वडा अध्यक्ष नरेश कुमार इवारामले पवित्र स्थल जाने बाटो भएको ले पहिलो बजेट ले थोरै मात्र काम भएको छ शवदाह स्थल सम्म बाटो निर्माण गर्नु पर्ने भएको ले बजेट विनियोजन गरी दिन धरान उपमहानगरपालिकाको मेयर हर्कराज राई सँग आग्रह गरेका थिए। खत्रीधारा शवदाह स्थल जाने बाटो निर्माण उपभोक्ता समितिको अध्यक्ष कैलाश राई सचिव तीर्थ बयलकोटी कोषाध्यक्षमा बसन्ता पालुङवा सदस्यहरू कृष्ण राई, प्रेम श्रेष्ठ, पाकु बि.क, विमला राई, गजेन्द्र राई, मोहन काजी श्रेष्ठ, निरु राई, सुरेन्द्रमान स्थापित रहेका छन्।