कमानसिंह याम्फु

धरान : धरानका मेयर हर्क साम्पाङको अगुवाइमा शनिवार धरान-२० स्थित पकुवा खोलामा सयौँ मानिसको उपस्थिति भयो । 

Pakuwa-khola-7मेयर साम्पाङको पूर्व निर्धारित योजना अनुसार हरेक शनिवार एक दिन वृक्ष रोपण गर्ने कार्यक्रम अनुसार पकुवा खोला क्षेत्रमा करिब अढाई सय विभिन्न जातका फलफूल र बास लगायतका बिरुवा रोपिएको छ । बिरुवा रोपी सकेपछि पकुवा खोलामा पुगेका सयौँले धरान १७ का लागि खानेपानीको मुहानमा ढुङ्गा बोक्ने र खानेपानीको इन्टेक बनाउने काममा खटेका थिए । पकुवा खोलामा विभिन्न सङ्घ संस्था र व्यक्तिगत हिसाबले पनि मेयरको आव्हानमा बृक्षरोपण गर्न सर्वसाधारण पुगेका थिए । 

Pakuwa-khola-1पकुवा खोलाको शनिवारको उपस्थितिलाई हेर्ने हो भने कुनै मेला बजार भन्दा कम देखिँदैन थियो । श्रमदान गर्नेहरूलाई खोलामै पकाएर पनि खुवाइएको थियो । मेयर साम्पाङको अगुवाइमा भएको अभियान मध्ये सबै भन्दा धेरै मानिसको सहभागिता शनिवार भएको बताइएको छ । 

Pakuwa-khola-9Pakuwa-khola-10Pakuwa-khola-12Pakuwa-khola-5Pakuwa-khola-3Pakuwa-khola-11Pakuwa-khola-6