धरान : धरान तथा सुनसरीका व्यापारी ब्यावसायीमा देखिएको नापतौलको समस्यालाई समाधान गर्ने बाचा सहित सुनसरी उद्योग वाणिज्य सङ्घमा शैलेष कुमार आचार्यले उम्मेदवारी दिएका छन् । असार २० गते हुन लागेको निर्वाचनमा वाणिज्य तर्फबाट सदस्यको उम्मेदवार भएका उनले नापतौलको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् । 
नापतौलमा सहजता दिने र हालको असहज अवस्थालाई सहज तुल्याउन पहल गर्ने उनले बताएका छन् । विजय श्रेष्ठको समूहबाट उम्मेदवार भएका उनी यसअघि झिनो मतान्तरले पराजित भएका थिए । यस पटक लोकतान्त्रिक प्यानलको पक्षमा माहौल बढ्दै गएपछि आफू विजयी हुनेमा विश्वस्त रहेको उनको भनाई छ । 
“हामी नापतौल विभाग सँग मिलेर काँटा उपलब्ध गराउन सक्छौ । धेरैजसो जाँच पासमा पनि समस्या देखिएका छन् ।  व्यापारीलाई सहज अवस्थामा व्यापार बढाउन सक्ने अवस्था बनाउन सकिन्छ ।,” उनले भने, स्थानीय तहसँग समन्वय गरेर व्यवसायीलाई फाइदा पुग्ने काममा लाग्छु ।”
व्यवसायीलाई सहजीकरण गर्ने हिसाबमा अग्रसरता लिने आचार्यले प्रतिबद्धता जनाएका छन् । थोरै जरिवाना तिराएर भएपनी हालको अवस्था भन्दा व्यापारीलाई सहज हुन्छ भने त्यसको लागि पहल गर्नुपर्ने उनले बताए । 
व्यापारिक सुरक्षाको लागि केही पनि काम नभएको अवस्थामा सिसी क्यामेरा देखी लगानीको वातावरण बनाउने लागिपर्ने उनले प्रस्ट पारे । ढुवानीको सुविधा नभएको कारण इटहरी र विराटनगरको ढुवानी सेवा सँग आश्रित हुनुपरेको अवस्थामा अब धरानमै ढुवानी सेवाको लागि पहल गर्ने उनले प्रतिबद्धता जनाएका छन् । 
Dhak-Taraju
Dhak-Taraju-1