धरान : जिल्ला प्रहरी कार्यालय मोरङले डर धाक धम्की दिई रकम माग गर्ने दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  मोरङको पथरीशनिश्चरे घर भई विराटनगर महानगरपालिका-४ कञ्चनबारी बस्दै आएका ३९ वर्षीय गणेश कुमार कार्की र पथरीशनिश्चरे-६ का २६ वर्षीय विशाल ऋषिदेव रहेका छन्।
उनीहरूले विराटनगर-३ का मुकेश शर्मालाई पटक पटक फोनबाट डर धम्की देखाई रकम माग गर्दै आइरहेका थिए । असार १७ गते शुक्रवार शर्माले मोरङको पथरीशनिश्चरे ६ हसन्दह स्थित रहेको आइएमइमा उनीहरूलाई रकम पठाएको भन्ने जानकारी पाए लगतै उक्त स्थानमा खटिएको प्रहरी टोलीले आइएमइमा पठाएको नगद रकम २५ हजार सहित ऋषिदेवलाई  पक्राउ गरेको हो । ऋषिदेव पक्राउ परे सँगै संलग्न कार्कीलाई समेत नियन्त्रणमा लिई दुवै जनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।