धरान : सुनसरीको रामधुनी नगरपालिका–३ सिघिया स्थित नहरको पानीमा डुबी १ जनाको मृत्यु भएको छ । 

आज दिउँसो पौने १२ बजे स्थानीय ५० वर्षीय महमत मियाँ नहरमा हात खुट्टा धुने क्रममा लडी पानीमा डुबेका थिए ।  उनलाई पानीमा डुबेको अवस्थामा स्थानीयले उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल इनरुवा लगेकोमा अस्पताल पुर्‍याउन साथ उनको मृत्यु भएको  हो ।

घटना सम्बन्धमा  इलाका प्रहरी कार्यालय पलकीबाट थप अनुसन्धान भइरहेको छ ।