धरान : मोरङको रंगेली नगरपालिका–१ बिर्ताबजारका तिलका मल्लिकलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

शुक्रवार राती ८ बजे मल्लिकले घरायसी विवादका कारण ३१ बर्षीया श्रीमती बबिता मल्लिकको शरीरमा मट्टितेल छर्की आगो लगाई गम्भीर घाइते बनाई फरार भएका थिए । 

शरीर जली गम्भीर घाइते भएकी बबिताको  कोसी अस्पताल विराटनगरमा उपचारको क्रममा शनिवार बिहान मृत्यु भएको हो । 

श्रीमतीलाई आगो लगाई फरार भएका मल्लिकलाई इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।