धरान : सुनसरीको भोक्राहा नरसिंह-५ मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । 

हिजो बेलुका साढे ३ बजे  पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को २८ प ४०९३ नम्बरको मोटरसाइकल र दक्षिणबाट उत्तर तर्फ हाइवे क्रस गर्दै गरेको को १९ प ९९६५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २ वटा  मोटरसाइकलमा सवार ४ जना घाइते भएका थिए ।

घाइते चारै जनालाई  उपचारको लागी जिल्ला अस्पताल इनरुवा लगिएकोमा  को १९ प ९९६५ नम्बरको मोटरसाइकल चालक भोक्राहानरसिंह-५ बस्ने ४५ वर्षीय रजाक मियाको उपचारको क्रममा  मृत्यु भएको र अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।