धरान : मोरङका विभिन्न खोलाहरूमा अबैधरुपमा खोला जन्य बस्तु उत्खनन गरिरहेको अवस्थामा ९ वटा सवारी साधन सहित चालकलाई प्रहरीले पक्राउ गरेको छ ।  

मोरङको केराबारी–८ को खदम खोला, केराबारी–७ को मुगु खोला, सुन्दरहरैचा–५ को बुढीखोला र बेलबारी–२ को लोहन्द्रा खोलाबाट अवैधरुपमा गिटि, बालुवा उत्खनन गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले टिपर ४ वटा, ट्याक्टर ४ वटा, एउटा जेसिवि र तिनका चालक सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

नियन्त्रणमा लिइएका ९ वटै सवारी साधन सहित चालकहरूलाई आवश्यक कारबाहीको लागि बेलबारी नगरपालिकाको कार्यालय र केराबारी गाउँपालिकाको कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जनाएको छ ।