धरान : मानव बेचविखन तथा ओसारपसारमा संलग्न रहेकी फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरिएको छ । 

१ नम्बर प्रदेश प्रहरी कार्यालय मोरङको अनुसन्धान समूह रिटबाट खटिएको प्रहरी टोलीले धरान १६ बस्ने ४६ वर्षीय सरिता भन्ने कृष्णकुमारी लिम्बुलाई पक्राउ गरेको हो । 

जिल्ला अदालत सुनसरीको २०७८।०३।२२ गतेको  फैसलाले मानव बेचबिखन ओसारपसार मुद्दामा १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेकोमा उनी फरार भएकी थिइन् ।

खोजतलास गर्ने क्रममा गाउँघरमा लुकिछिपी बसेको अवस्थामा आज पक्राउ गरिएको र  लिम्बुलाई सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको प्रहरीले जनाएको छ ।