धरान : झापाको मेचीनगर नगरपालिका–६ मेचीपुलबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  

पक्राउ पर्नेमा  मोरङ पथरीशनिश्चरे–२ का २२ वर्षीय मिलन दर्जी रहेका छन् । मंगलबार दिउसो इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका दर्जीको साथबाट ९ ग्राम ब्राउनसुगर बरामद गरेको थियो ।

लागुऔषध सहित पक्राउ परेका दर्जीको इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।