धरान : सङ्खुवासभाको चैनपुर नगरपालिका–६ मा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । 

शनिवार बेलुका साढे ४ बजे चैनपुर–६ स्थितमा वरुण हाइड्रोपावरको ३३ केभी प्रसारण लाइन मर्मत गर्ने क्रममा उक्त हाइड्रोपावरका प्लान अपरेटर राप्ती गाउँपालिका–३ दाङका २५ वर्षीय दीपक न्यौपानेलाई करेन्ट लागि घाइते भएकोमा तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

मृतक लाशलाई पोस्टमार्टमको लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाइएको र घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय चैनपुरबाट थप अनुसन्धान भइरहेको छ ।