धरान : सुनसरीको कोसी गाउँपालिका–४ स्थित भित्री सडक खण्डमा ट्र्याक्टरको ठक्करबाट १ जनाको मृत्यु  भएको छ भने १ घाइते भएका छन् । 

आज दिउँसो पौने ४ बजे को.२ त २१५८ नम्बरको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको को.२८ प ९३९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार रहेकी देवानगंज गाउँपालिका–४ कि ५५ बर्षीया जयमुन खातुनको घटनास्थलमै मृत्यु भएको र मोटरसाइकल चालक मृतककै छोरा २५ वर्षीय जुमरात मिया घाइते भएका छन् ।

घाइतेको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ भने ठक्कर दिने सवारी साधन र चालक ४६ वर्षीय शुभका मोचीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको  छ ।