धरान : नदीजन्य पदार्थ ढुङ्गा अवैध रूपमा उत्खनन गर्ने ४ टिफर र ५ ट्रयाक्टरलाई  इलाका प्रहरी कार्यालय बेलबारी र उर्लाबारीले नियन्त्रणमा लिएका छन ।

मोरङको इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय उर्लाबारीले नदीजन्य पदार्थ ढुङ्गा अवैध रूपमा उत्खनन गर्ने ४ टिफर र ५ ट्र्याक्टर नियन्त्रणमा लिएको हो । आइतबार मोरङको केराबारी गाउँपालिका–३ हचुवा खोलाबाट नदीजन्य पदार्थ ढुङ्गा अवैध रूपमा उत्खनन गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले ढुङ्गा लोड भएको को.१ त ५२५३, मे.१ त ५१०५ र को. २ त ७७८२ नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिएको छ । 

यसै गरी इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको गस्ती टोलीले उर्लाबारी नगरपालिका–४ बाट अवैधरुपमा ढुङ्गा बोकी लादै गरेको अवस्थामा बा.५ख ३८०७, मे.१ख २८२४, प्रदेश १–०२–००१ ख ८६९५, प्रदेश १–०२–००१ ख ८५५२ नम्बरको टिफर र प्रदेश १–०४–००१ त ४२०,  प्रदेश १–०१–००१ त ८५३८ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको मोरङ प्रहरीले जानकारी दिएको छ ।