धरान : झापाको मेचीनगर नगरपालिका–६ बाट ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारत दार्जिलिङका २७ वर्षीय अनुप प्रधान रहेका छन् । हिजो बेलुका ७ बजे काँकडभिट्टाको मेची पुलमा लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल आउँदै गरेका प्रधानको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

ब्राउन सुगर सहित पक्राउ परेका प्रधानलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।