रश्मि प्रधान  

धरान : छाताचोक स्थित पुनः स्थापना केन्द्रमा रहेका २६ जना असक्त र बालबालिकाहरूसँगै खाना खाएर धरानका उपमेयर आइन्द्र विक्रम बेघाले आफ्नो जन्मोत्सव मनाएका छन् । 

धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम बेघाले असक्त र बालबालिकाहरूलाई खाना खुवाएर  सोमबार जन्मोत्सव मनाएका हुन् ।

जन्मदिनमा गरिने फजुल खर्चलाई कटौती गरेर यसरी असहायहरूलाई खाना खुवाएर जन्मदिन मनाउनु रचनात्मक र सराहनीय कार्य भएको केन्द्रका सञ्चालक भीम राईले जानकारी दिए । राईले उपमेयर बेघालाई जन्मदिनको शुभकामना समेत व्यक्त गरे ।

त्यस्तै धरान-३ स्थित सरस्वती बाल आश्रममा रहेका बालबालिकाहरूलाई समेत जन्मोत्सवको अवसरमा उपमेयर बेघाले खाना खुवाइएका छन् । जन्मदिनमा अनावश्यक खर्च गरेर मनाउनु भन्दा अनाथ बालबालिकाहरूसँग मनाउँदा  छुट्टै आनन्द आएको उपमेयर बेघाले बताए ।

यस अघिका बर्षहरुमा उपप्रमुख नहुँदा पनि बेघाले अनाथ बालबालिकाहरूलाई खाना खुवाएर जन्मदिन मनाउँदै आएका थिए। उपप्रमुख  बेघा सङ्गै पत्नी सबिना खनाल बेघा पनि अनाथ आश्रममा पुगेकी थिइन् ।

Upamyor-Janmotsab-1