धरान : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-५ का ५७ वर्षीय सुब्बा कामीको हत्या आरोपमा कामीकै श्रीमती र अर्की १ जना महिलालाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पक्राउ गरेको छ । 

असार २५ गते राती श्रीमान् श्रीमती सँगै सुतेकोमा २६ गते बिहान श्रीमान् मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी टोली खटी गई अनुसन्धान सुरु गरेको थियो । 

अनुसन्धानको क्रममा कामीलाई निजकै श्रीमती ५५ बर्षीया बुदामाया बिक र स्थानीय ५३ बर्षीया ङिमा तामाङले हत्या गरेको भन्ने खुल्न आएसँगै दुवै जनालाई पक्राउ गरेको हो । हत्याको आरोपमा पक्राउ परेका दुवै जनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले थप अनुसन्धान गरिरहेको छ ।