सुनसरी : सुनसरीको रामधुनी नगरपालिका-६ सुवानाका १६ वर्षीय बालकलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा स्थानीय १७ वर्षीय एक बालकलाई प्रहरीले पक्राउ गरेको छ ।
आज (मंगलबार) बिहान सवा ७ बजेको समयमा घरैमा सुतिरहेका चन्द्र सदाका १६ वर्षीय छोरा विवेक सदालाई १७ वर्षीय बालकले सुतिरहेकै स्थानमा गएर पेटमा छुरा प्रहार गरी  घाइते बनाएको प्रहरीले जानकारी दिएको छ ।  इलाका प्रहरी कार्यालय पकलीबाट गएको प्रहरीले घाइतेको उद्धार गरी तत्काल उपचारका लागी बि.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएकोमा उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 
घटनामा संलग्न रहेका बालकलाई घटनामा प्रयोग भएको छुरा सहित पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।