धरान : झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट अवैधरुपमा भारत तर्फ लादै गरेको सुपारी प्रहरीले बरामद गरेको छ । 

गए राती जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी गस्ती टोलीले  नेपालबाट भारत तर्फ लुकाई छिपाई लादै गरेको अवस्थामा २४५ किलोग्राम अन्दाजी १ लाख २२ हजार ५ सय मूल्य बरावरको सुपारी बरामद गरेको हो ।

बरामद भएको उक्त सुपारी आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ ।