धरान : सुनसरीको देवानगन्ज गाउँपालिकाको पक्की टोलबाट भन्सार छली ल्याइएको ३० लाख बराबरको लत्ता कपडा गाडी सहित बरामद गरिएको छ । 

शुक्रवार बिहान २ बजे  १ नं. प्रदेश प्रहरी कार्यालय, प्रादेशिक अनुसन्धान समूह रिटबाट खटिएको प्रहरी टोलीले को १ ख २१२९ नम्बरको मिनी ट्रकमा लोड गरी ल्याउँदै गरेको अवस्थामा फेला पारेको थियो । 

प्रहरीलाई देख्ने बित्तिकै चालक फरार रहेकोले खोजतलास भइरहेको छ । बरामद भएको लत्ता कपडा र गाडी कानुनी प्रक्रिया पुरा गरी आवश्यक कारबाहीको लागी सुनसरी भन्सार कार्यालय कोशीब्यारेजमा पठाइएको छ ।