धरान : धरान उपमहानगरपालिकामा पछिल्लो समय फेरि पनि कोरोना संक्रमणदर बढ्दै गएको छ । 

धरानमा हिजो मात्रै एकै दिनमा ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै धरानमा कोरोना सङ्क्रमणबाट सक्रिय सङ्क्रमितको सङ्ख्या १६ पुगेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । 

यस भन्दा अघि पनि धरान सुनसरी जिल्लाकै १२ पालिका मध्ये सबै भन्दा बढी कोरोना सङ्क्रमित भएको पालिका हो । मृत्युदर पनि धरान नै पहिलो नम्बरमा आउने गरेको छ । पछिल्लो समय धरानमा एक हप्ताको पेरीफेरिमा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सबै सङ्क्रमितहरू होम आइसोलेसनमै रहेको र उनीहरूका अवस्था सामान्य रहेको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए । 

देशैभर कोरोना सङ्क्रमण बढिरहेको बेलामा धरानमा पनि कोरोना सङ्क्रमण बढ्नु स्वाभाविक भए पनि धरान उपमहानगरपालिकाले कोरोना सङ्क्रमण नियन्त्रण र न्यूनीकरणमा खासै चासो देखाएको पाइँदैन ।

धरानका मेयर जनताको स्वास्थ्यमा भन्दा बढी आफ्नो अभियानमा लोकप्रियताका लागि व्यस्त रहेकोले पनि धरानमा आगामी दिनमा कोरोना सङ्क्रमणले भयावह हुने अवस्था देखिन सक्ने स्वास्थ्य सँग सम्बन्धित विज्ञहरूको धारणा छ । त्यसैले धरानमा बर्खमायामा हुने किटजन्य रोग वाहक भुसुना, लामखुट्टे पनि अत्यधिक फैलिरहेको बेलामा कोरोना संक्रमणदर पनि बढ्दै जानुले धरानमा पछिल्लो समय मानव स्वास्थ्यमा ठुलो हेलचेक्र्याइँ भएको देखिन्छ । HO-Pratibedan