धरान : जिल्ला प्रहरी कार्यालय मोरङले ३ वटा चोरीको मोटरसाइकल सहित चोरीमा संलग्न रहेका चारजनालाई पक्राउ गरेको छ । 

विभिन्न मितिमा विराटनगरको नोबेल अस्पतालको कम्पाउन्ड भित्र र सोही स्थानको सामुदायिक मेडिकल हल अगाडि पार्किङ गरी राखेको को.६ प ६८०२ नम्बरको डिस्कभर मोटरसाइकल, प्रदेश १-०१-०१३ प ४५०७  नम्बरको पल्सर मोटरसाइकल र एउटा नम्बर नखुलेको १५० सिसीको पल्सर मोटरसाइकल चोरी गर्ने विराटनगर-४  का  २२ वर्षीय नवीन माझी, विराटनगर-८ का २५ वर्षीय मोहम्मद हजरत, दुहबी नगरपालिका-९ सुनसरीका १८ वर्षीय मोहम्मद सलाउदिन र ३४ वर्षीय मोहम्मद नसुरदिनलाई चोरीका मोटरसाइकल सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूको मोरङ जिल्ला अदालतबाट चोरी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।