धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । 

प्रतिष्ठानका प्रवक्ता डा. कृष्णा पोखरेलले दिएको जानकारी अनुसार सुनसरीको रामधुनी नगरपालिका ७ निवासी ५७ वर्षीय महिलाको उपचारको क्रममा शनिवार बेलुकी ५ः३५ बजे मृत्यु भएको हो ।

उनी पहिले देखिनै दीर्घ रोगी रहेको र उनले कोरोना विरुद्धको दोस्रो डोज खोप पनि लगाई सकेकी थिइन् । उनी बुधवार अस्पताल भर्ना भएकी थिइन् ।