धरान : मोरङको विराटनगर महानगरपालिका–१३ का १८ वर्षीय विवेक कामतलाई चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

विराटनगर–८ मधुमाराका राजेश साहको घर कोठाबाट असार २९ गते राती सुनका विभिन्न गर–गहना र नगद ४६ हजार समेत चोरी भएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले कामतलाई चोरीका गहना र नगद सहित पक्राउ गरेको हो ।

पक्राउ परेका कामतको मोरङ जिल्ला अदालतबाट चोरी कसुरमा म्याद थप गरी थप अनुसन्धान भई रहेको छ ।