धरान : झापाको मेचीनगर नगरपालिका–६ बाट ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

आज बिहान इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट चेक जाँचमा खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेका फाकफोकथुम–१ इलामका २७ वर्षीय प्रकाश गुरुङ र फिदिम नगरपालिका–८ पाँचथरका २१ वर्षीय लक्षुमान तामाङको साथबाट १४ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

ब्राउन सुगर सहित पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।