धरान : नेपाल तामाङ घेदुङको केन्द्रीय सल्लाहकारमा सुजेन्द्र गोले तामाङलाई मनोनित गरेको छ । घेदुङको केन्द्रीय सचिवालयको बैठकले उनलाई सल्लाहकारमा मनोनित गरेको हो । 
नेपाल तामाङ घेदुङमा जिल्ला तहदेखि सक्रिय रहँदै आएका गोले घेदुङको छैटौँ महाधिवेशनमा पूर्वाञ्चल क्षेत्रीय प्रमुख, सातौँ महाधिवेशनमा केन्द्रीय उपाध्यक्ष र आठौँ महाधिवेशनमा केन्द्रीय सल्लाहकारमा मनोनित भएका थिए । 
घेदुङको गत फागुन २९ देखि चैत्र १ सम्म भएको नवौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित मोहन गोले नेतृत्वको सचिवालयको बैठकले उनलाई पुनः केन्द्रीय सल्लाहकारमा मनोनित गरेको हो । 
गोले नेपाल तामाङ विद्यार्थी घेदुङको पनि तल्लो तह वाटै नेतृत्वदायी भूमिका निर्वाह गर्दै केन्द्रीय उपाध्यक्ष सम्म भएका थिए ।