धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपति प्रा.डा.राजकुमार रौनियारको निधन भएको छ । 

सुनसरीको दुहबी नगरपालिका-५ निवासी प्रा.डा. रौनियारको आज बिहान असामयिक निधन भएको बताइएको छ । उनलाई हिजो ब्रेन ह्यामरेज भएको पारिवारीक स्रोतले जानकारी दिए । उपचारको क्रममा उनको भारतको कलकत्तामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी उच्च रक्तचाप, मिर्गौला रोगबाट पीडित रहेको परिवार निकट स्रोतले जनाएको छ । उनको एक छोरा रहेका छन् ।

प्रा.डा. रौनियारको भोलि बुधवार बिहान ९ बजे उनकै गृहनगर दुहबी-५ बुढी खोलामा दाहसंस्कार गरिने जानकारी दिइएको छ ।