धरान : मोरङको उर्लाबारी नगरपालिका–२ बाट निषेधित लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

हिजो बेलुका साढे ६ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारी र अस्थायी प्रहरी चौकी मङ्गलबारेबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका–२ का २० वर्षीय नवीन पुरीको घरबाट उर्लाबारी ३ का  रकि धिमाल, उर्लाबारी–२ का उज्ज्वल थापा र २८ वर्षीय सुमित राई समेत ४ जनालाई निषेधित औषधि  ट्रामाडोल ६ सय ४४ क्याप्सुल र स्पास्पेन ७ सय २० ट्याब्लेट सहित पक्राउ गरेको हो । 

निषेधित औषधी सहित पक्राउ परेका उनीहरूको इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भइरहेको छ ।