धरान : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश १ को नाम पहिचान विरोधी राख्नुभन्दा नराख्नु नै राम्रो हुने बताएका छन् ।

बिहीबार प्रदेश १ को नाम ‘लिम्बुवान किरात’ हुनुपर्ने माग राख्दै ३५ पहिचानवादी  सङ्गठनले ज्ञापन पत्र बुझाउनेक्रममा मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् । मुख्यमन्त्री राईले पहिचान विरोधी नाम प्रदेश १ को कहिल्यै स्वीकार्य नहुने भन्दै यस पटक नाम राख्नुभन्दा अर्को संसद्लाई छाड्दिनु नै राम्रो रहेको बताएका हुन् ।

आफू पहिचानवादी भएको भन्दै मुख्यमन्त्री राईले युकेको पूरा नाम उल्लेख गर्दै उनले भने, ‘प्रदेशको नाम किरात लिम्बुवान राख्दा लामो हुन्छ भन्ने सबै वाहियात कुरा भएकोले पहिचानको आधारमा प्रदेशको नामकरण हुने बताए । 

मुख्यमन्त्री राईले एकल पहिचानको नाममा बन्दुक बोकाएर गोली खुवाउने काम गरेको समेत बताउँदै उनले भने, ‘एमालेको पनि बहु पहिचानको कुरा छ‚ नेपाली काँग्रेसको पनि घोषणापत्रमा पहिचान भेटिने मूल नारा छ । सबै दलहरूको घोषणापत्रमा पहिचानको विषय उल्लेख छ ।’ राजनीति गर्दा  बोलेको कुरा पूरा गर्न सकिएन भने राजनीति नै छाड्न उनले आग्रह पनि गरे ।

यसो मैले भनिरहँदा मुख्यमन्त्री लेनै आन्दोलनकारीलाई बल पुग्ने गरी भूमिका खेलेको आरोप समेत लगाए । तर उनले यस्तो आरोपमा आफू अलिकति पनि नडगमगाउने बताउँदै संविधान, कानुन, संरचना परिवर्तन गर्न जरुरी रहेको र आफू गल्ती नगर्ने र नडराउने पनि बताए । उनले प्रदेशको नाम सरकारले निर्णय गर्ने विषय नरहेको र संसद्ले निर्णय गर्ने भएकाले संसद्मा सङ्ख्याको कुरा रहेकाले सङ्ख्या त्यति सहज नरहेको बताए ।

मुख्यमन्त्री राईले ०६२/६३ को आन्दोलन अधुरो रहेको बताउँदै अधुरा क्रान्तिलाई  पूरा गर्न सडकमा बसेर पनि र परेको बेला सरकारमा बसेर पनि आन्दोलन गर्न तयार रहेको बताए ।

उनले भने ‘म एउटा परिवर्तनकामी हुँ‚ क्रान्तिकारी हुँ, ०६२/६३ को परिवर्तन अधुरो छ, त्यस कारण त्यो अधुरो क्रान्ति पूरा गर्न सडकबाट पनि म आन्दोलन गर्न तयार छु  र सरकारमा बसेको वेला पनि आन्दोलन गर्न तयार छु‚’ उनले भने, ‘सडकमा बसेर पनि अधुरो क्रान्ति पूरा गर्न सडकमा उत्रिनुपर्ने हुनसक्छ र सरकारमा बसेर पनि अधुरो क्रान्ति पूरा गर्नका लागि भूमिका खेल्नुपर्ने हुनसक्छ ।’

Limbuwan-Kirat

प्रदेश १ को नाम किरात लिम्बुवान, किरात मात्रै हुँदा पनि आफूलाई केही फरक नपर्ने बताए । लिम्बुवान मात्रै राख्दा र किरात मात्रै राखे पनि प्रदेशको नाममा पहिचान जोडिनुपर्ने उनको भनाई थियो ।

किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम एक्तेनले ९ वटा जिल्लाको ऐतिहासिक पृष्ठभूमिका आधारमा सङ्घीय नेपालमा लिम्बुवान स्वायत्त राज्य हुनुपर्ने माग राख्दै संविधान निर्माण हुने क्रममा पनि लड्दै आएको बताए ।

संविधान बनिसकेपछि प्रदेश १ मा १४ वटा जिल्ला बनेपछि लिम्बुवानसँग किरातको अर्थात् खम्बुवानको इतिहास दुई वटा जोडिएपछि साझा अपनत्व जोड्नुपर्छ भनेर लिम्बुवान किरात संयुक्त रूपमा स्विकारेर आएको उनले बताए ।

किरात पहिचानको विषयमा प्राथमिकताका साथ अगाडि सारेजस्तै लिम्बुवानलाई पनि पहिचानको विषयमा प्राथमिकता दिन उनले प्रदेश १ सरकारसँग आग्रह गरे । 

प्रदेश १ को नाम लिम्बुवान किरात हुनुपर्ने माग गर्दै बिहीबार मुख्यमन्त्री कार्यालय अगाडी हजारौँले धर्ना दिएका थिए । मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाइसकेपछि हजारौँले विराटनगरको ठुलो जुलुस सहित प्रदेश संसद् को प्रदेश सभा सचिवालय अगाडी कोणसभा भएको थियो ।

हजारौँको उपस्थिति रहेको सो सभामा पहिचनाबादी नेताहरू केदार धिमाल, सुशील राई, शलिम अन्सारी, प्रेमदिप थाम्सुहाङ, पदम अधिकारी, विष्णु थाम्देन, दलमर्दन कामी, शंकरध्वज नेम्बाङ, खगेन्द्र माखिम, प्रेम एक्तेन र कुमार लिङदेन लगायतले प्रदेश १ को नाम लिम्बुवान किरात हुनुपर्ने माग गर्दै सम्बोधन गरेका थिए । 

Limbuwan-Kirat-1