धरान : धरानमा बिहीबार पनि एक जना चिकित्सक सहित तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार ४३ वर्षीय पुरुष चिकित्सक, धरान ११ की ४५ बर्षिया महिला र धरान वडा नम्बर उल्लेख नगरिएकी अर्को १ जना महिला गरी जम्मा ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

यो सँगै धरानमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या डेढ साताको अवधिमा ३४ जना सक्रिय सङ्क्रमित पुगेको बताइएको छ ।