धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज शोक बिदा दिइएको छ । 

प्रतिष्ठानका पूर्व उपकुलपति तथा रेडियोलोजी विभागका प्राध्यापक डा.राजकुमार रौनियारको साउन ३ गते मङ्गलवारका दिन असामयिक निधन भएकोमा आज साउन ६ गते शुक्रबारका दिन प्रतिष्ठानमा शोक बिदा दिने र आज देखि ८ गते सम्म तीन दिन प्रतिष्ठानको झन्डा आधा झुकाउने प्रतिष्ठानले निर्णय गरेको छ ।

रौनियार जस्तो कुशल प्राध्यापकको निधनले  प्रतिष्ठान लगायत राष्ट्रलाईनै अपूरणीय क्षति पुगेको जनाउँदै यस दुःखद घडीमा शोक सन्तप्त परिवारलाई ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्ने हार्दिक समवेदना प्रकट गर्दै दिवङ्गत आत्माको चिर शान्तिको कामना प्रतिष्ठानले गरेको छ । 

प्रतिष्ठाका उपकुलपति डा. ज्ञानेन्द्र गिरीद्वारा जारी सूचनामा शोक बिदामा इमरजेन्सी सेवा, अन्तरङ्ग सेवा, परीक्षाका पूर्व निर्धारित कार्यक्रम बाहेक अन्य सम्पूर्ण शैक्षिक तथा प्रशासनिक कार्यहरू बन्द रहने जनाइएको छ ।