धरान : मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित कोसी लोकमार्गमा कन्टेनरको ठक्करबाट २ जनाको मृत्यु भएको छ । 

शुक्रवार बिहान साढे ६ बजे HR 38X 2210 नम्बरको कन्टेनरले को ३० प ९१०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक केराबारी गाउँपालिका–७ मोरङका २७ वर्षीय हर्क परियार र मोटरसाइकल पछाडि सवार रहेका २१ वर्षीय भीम बहादुर राईलाई उपचारको लागि विराट मेडिकल कलेज गङ्गा चोक लगिएकोमा अस्पताल पुर्‍याउन साथ दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने सवारी साधन र चालक भारत भरतपुर एकलऔहराका मोरध्वज पाललाई  जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।